FAQs Complain Problems

सूचना ! सूचना !! सूचना !!!

सूचना   !            सूचना !!           सूचना  !!!

आज मिति २०७६/१२/१३ गते कोरोना भाइरस (COVID-19) रोग विरुद्ध पूर्व तयारी तथा प्रतिकार्य तादी गाउँपालिका स्तरीय समन्वय समितिको संयोजक श्री नारायण प्रसाद पाण्डेज्यूको संयोजकत्वमा बसेको बैठकबाट विभिन्न प्रस्ताव उपर छलफलबाट तपसिल बमाजिमको निणर्य गरियोः–

निर्णय नं १) स्वास्थ तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाइको परिपत्र अनुसार कोरोना भाइरस(COVID-19) सम्बन्धि पूर्वतयारी तथा प्रतिर्काय सम्बन्धि एक गाउँपालिका स्तरिय समन्वय समिति गठन गर्ने निर्णय गरियो ।

निर्णय नं २) क) यस तादी गाउँपालिकामा विदेश बाट आउने व्यक्तिहरुलाई आवश्यक परेको खण्डमा खरानिटार अस्पतालमा १० वटा वेडका क्वारेन्टाइन लागि व्यवस्था गर्ने साथै सेल्फ क्वारेनटाइनको लागि जनचेतना प्रवाह गरि रोकथामको आवश्यक पहल गर्ने ।

ख) वडा अध्यक्ष,वडा समिति ,राष्टसेवक, महिला तथा स्वास्थ्य स्वयंम सेविका लगायत अन्य स्वयंम सेवकहरुलाई परिचालन गरि विदेशबाट आउने व्यक्तिहरुको विवरण संकलन गरि निगरानि राख्ने ब्यवस्था गर्ने निर्णय गरियो ।

ग)स्थानिय तह भित्र संञ्चालनमा रहेका बृद्धाश्रम,वालगृह,धर्मशाला ,मन्दिर,बौद्धविहार,मस्जिद जस्ता सामुहिक आवास रहेका स्थानहरुमा बसोवास गर्ने व्यक्तिहरुको अवस्था अनुगमन गर्ने र जीवनयापन सहज बनाई आवश्यक समन्वय र सहजीकरण गर्ने

घ) वडा भित्र अनौपचारिक क्षेत्रमा दैनिक ज्यालदारी काम गरि जीवनयापन गर्नुपर्ने अवस्थाका परिवारको सदस्य सङ्ख्या ,बसोवास स्थल र आश्रित व्यक्ति समेतको लगत सङ्कलन गर्ने र आवश्यक अन्य सहजीकरण गर्ने ।

निर्णय नं ३ ) यस गाउँपालिका स्तरिय समन्वय समितिको वैठक प्रत्येक दिन विहान ११ः०० बजे तादी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालयमा बस्ने निर्णय गरियो ।

आर्थिक वर्ष: