FAQs Complain Problems

कोरोना भाईरसको (कोभिड १९) पुर्व तयारी तथा प्रतिकार्य सम्वन्धि कार्यमा गाउँपालिका स्तरिय समन्वय समितिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यू को अध्यक्षतामा विभिन्न मितिमा बैठक बसि गरिएका निर्णयहरु

 कोरोना भाईरसको (कोभिड १९) पुर्व तयारी तथा प्रतिकार्य सम्वन्धि कार्यमा गाउँपालिका स्तरिय समन्वय समितिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यू को अध्यक्षतामा  विभिन्न  मितिमा  बैठक बसि गरिएका निर्णयहरु-

बैठक( मिति २०७६/१२/१३) –
 निर्णयहरु  ः
१. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य आपतकालिन तथा विपद ब्यवस्थापन इकाईको परिपत्र अनुसार कोरोना भाईरस रोग (कोभिड १९) सम्वन्धि पुर्व तयारी तथा प्रतिकार्य सम्वन्धि एक गाउँपालिका स्तरिय समन्वय समिति गठन गर्ने निर्णय गरियो ।

२. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र बमोजिम तपशिल अनुसारको निर्णयहरु गरियो ।
    
(क) यस गाउँपालिकामा विदेश बाट आउने सम्पुर्ण ब्यक्तिहरुलाई आवश्यक परेको खण्डमा खरानीटार अस्पतालमा १० वटा वाडको क्वारेन्टाईनको ब्यवस्थागर्ने साथै सेल्फ क्वारेन्टाईनको लागि जनचेतना प्रवाह गरी रोकथामको लागि आवश्यक पहल गर्ने ।

(ख) वडा अध्यक्ष, वडा समिति, राष्ट्र सेवक, महिला स्वएम् सेविका लगायत अन्य स्वयंसेविका लगायत अन्य स्वयं सेवकहरुलाई परिचालन गरी विदेश बाट आउने ब्यक्तिहरुको विवरण सङ्कलन गरी निगरानीमा राख्ने निर्णय गरियो ।

(ग) स्थानीय तहभित्र संचालनमा रहेका बृद्धाश्रम, बालगृह, धर्मशाला, मन्दिर, बिहार, मस्जित, नस्ता सामुहिक आवास रहेका स्थानहरुमा बसोवास गर्ने ब्यक्तिहरुको अवस्था अनुगमन गर्ने र जीवजयापन सहज बनाउन अनवश्यक समन्वय र सहजिकरण गर्ने ।

(घ) वडा भित्र औपचारीक क्षेत्रमा दैनिक ज्यालादारीमा काम गरी जिवनयापन गर्नुपर्ने अवस्थाका परिवारहको सदस्य संख्या बसोबास स्थल र अश्रित ब्यक्ति समेतको लगत संकलन गर्ने र आवश्यक अन्य सहजिकरण गर्ने ।

निर्णय नं ३ यस गाउँपालिका स्तरीय समन्वय समितिको बैडक प्रत्येक दिन ११ बजे गाउँपालिका कार्यालयमा बस्ने निर्णय गरियो ।

बैठक( मिति २०७६/१२/१४) –
 निर्णयहरु  ः

१. नोभल कोरोना भाईरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समँवय समिति को बैठक नं १३ को निर्णयहरु जानकारी प्राप्त भई यस समितिमा छलफल गरियो ।

२. कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक १२ थान पि.पी.ई. स्वास्थ्य शाखाको सिफारिस अनुसार डिस्पोजेबल/नन् डिस्पोजेवल पि.पी.ई. खरिद गर्ने निर्णय गरियो । साथै अन्य आवश्यक स्वास्थ्य सम्वन्धि सामाग्रिहरु खरिद गर्ने निर्णय गरियो ।

३. यस गाउँपालिका अन्तर्गत वडा नं २ मा विदेशबाट आएका तिन जना ब्यक्तिहरुलाई चेकजाँच गरी सुरक्षा निकायको समन्वयमा ति ब्यक्तिहरुलाई क्वारेन्टाईनमा बस्न लगाउनुको साथै सेल्फ क्वारेन्टाईनमा बस्न समेत निर्देशित गरी सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने ब्यक्तिहरुको लागि आवश्यक परेमा खाना÷खाजाको ब्यवस्था गाउँपालिकाले गर्ने निर्णय गरियो ।

४. कोरोनाको महाकारीको अवस्थालाई मध्यनजर गर्दै आवश्यक २०० लि. डिजेल र ४० लि. पेट्रोलको तत्काल मोज्दात राख्ने निर्णय गरियो ।

बैठक( मिति २०७६/१२/१६) –
 निर्णयहरु  ः

१. कोभिड १९ को संक्रमण तथा विदेश बाट आएका ब्यक्तिहरु लगायत विवरणहरु स्वास्थ्य शाखाले उपलब्ध गराएको फरमेट अनुसारको विवरण प्रत्येक वडाहरुले दैनि रुपमा स्वास्थ्य शाखालाई उपलब्ध गराउने ।

२. यस गाउँपालिकाको क्वारेन्टाईनमा बसोबास गर्ने सम्पुर्ण ब्यक्तिहरुको खानपान लगाउतका सम्पुर्ण  अन्य ब्यवस्था गाउँपालिकाले ब्यहोर्ने निर्णय गरियो ।

३. विदेश तथा बाहिरी जिल्ला बाट आउने सम्पुर्ण ब्यक्तिहरुको आवश्यक विवरण संकलन गर्न ईलाका प्रहरी कार्यालय खरानीटार लाई अनुरोध गर्ने निर्णय गरियो ।

४. यस गाउँपालिकामा संचालनमा रहेको क्वारेन्टाईनको सम्पुर्ण रेखदेख गर्न यस कार्यालयका ना.सु. विरोचन खनाल र स्वास्थ्य सम्वन्धि सम्पुर्ण रेखदेख गर्न जितेन्द्र यादव (अ.हे.व.) र मोहन उप्रेती (अ.हे.व.) लाई खटाउने निर्णय गरियो । साथै सुरक्षाको ब्यवस्थाको लागि ईलाका प्रहरी कार्यालय लाई दिने निर्णय गरियो ।

५. यस समन्वय समितिको बैठक संघीय सरकारको निर्देशन अनुसार आवश्यक परेको बेलामा बस्ने निर्णय गरियो ।

बैठक( मिति २०७६/१२/२०) –
 निर्णयहरु  ः

१. कोभिड १९ सम्वन्धि वडा स्तरिय समन्वय समिति र गाउँपालिका स्तरिय समन्वय समितिले गरेका काम कारवाहि सम्वन्धि छलफल गरी समिक्षा गरियो ।

२. अर्थ मन्त्रालयले पठाएको असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्वन्धि मापदण्ड २०७६  स्वीकृत गर्ने निर्णय गरियो ।

३. गाउँपालिका भित्र रहेका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरियो साथै रु. २५,००,०००।– (पच्चिस लाख) को उक्त कोष स्थापना गर्ने निर्णय गरियो ।

४. गाउँपालिका भित्रका प्रत्येक वडाहरुले विपन्न ब्यक्तिहरुके विवरण संकलन गरी मिति २०७६/१२/२३ गते ११ बजे सम्म गाउँपालिकामा अनिवार्य रुपमा बुझाउनुपर्ने निर्णय गरियो । साथै लगत संकलन गर्ने कर्मचारी र जनप्रतिनिधिहरुलाई (प्रत्येक वडामा) १० लि. पेट्रोल उपलब्ध गराउने निर्णय गरियो ।

५. यस गा.पा. को खरानीटार अस्पतालमा गरिएको आईसोलेसन वेडको लागि ४ वटा अक्सिजन सिलिन्डर खरिद गर्न स्वास्थ्य शाखा प्रमुख लाई जिम्मेवारी दिने निर्णय गरियो ।

बैठक( मिति २०७६/१२/२१) –
 निर्णयहरु  ः

१. तादी ३ बस्ने बर्ष २८ को सुरेश तमाङ मिति २०७६/१२/०७ गते युएई बाट आएको भन्ने जानकारी प्राप्त भए बमोजिम निजलाई मिति २०७६/१२/१५ गते देखि आज सम्म क्वारेन्टाईनमा राखिएको र यस अवधिभर निजमा कोरोना सङ्क्रमणका केहि लक्षणहरु नदेखिएकोले आज मिति २०७६/१२/२१ गते सुरक्षित साथ घर फर्काईएको ।

२. कोरोना भाईरसको (कोभिड १९) पुर्व तयारी तथा प्रतिकार्य सम्वन्धि गाउँपालिका स्तरिय समन्वय समितिको मिति २०७६/१२/२० गते बसेको बैठकको निर्णयानुसार असहायहरु तथा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक बर्गहरुलाई राहत सामग्रिहरु उपलब्ध गराउने प्रायोजनको लागि यस गाउँपालिका क्षेत्र भित्र रहेका त्यस्ता ब्यक्तिहरुको विवरण संकलनको काम सम्पुर्ण वडा कार्यलयहरु बाट भैरहेको ।

३. कोरोना भाईरसको (कोभिड १९) पुर्व तयारी तथा प्रतिकार्य सम्वन्धि गाउँपालिका स्तरिय समन्वय समितिको मिति २०७६/१२/२० गते बसेको बैठकको निर्णयानुसार असहायहरु तथा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक बर्गहरुलाई राहत सामग्रिहरु उपलब्ध गराउने भएबमोजिम सो राहत सामग्रिहरुको मुल्य सुचिहरु तिन दिन भित्र उपलब्ध गराउन सम्वन्धित सप्लायर्स तथा स्टोरहरुको लागि सूचना प्रकाशन गरेको ।

बैठक( मिति २०७६/१२/२३) –
 निर्णयहरु  ः

१. यस गाउँपालिकाको विभिन्न वडाहरुले सङ्कलन गरेका बाहिरी जिल्ला बाट आएका घर जान नपाएका मजदुरहरुलाई पहिलो चरणमा राहत प्याकेज वितरण गर्ने निर्णय गरियो ।

२. कोभिड १९  को सङक्रमणलाई मध्यनजर गर्दै प्रत्येक वडा कार्यालयहरुको लागि १५/१५ थानका दरले सेनेटाईजर उपलब्ध गराउने निर्णय गरियो ।

३. काहिर जिल्ला बाट आएका मजदुरहरु लाई प्रतिब्यक्ति तपशि बमोजिम राहत प्याकेज वितरण गर्ने निर्णय गरियो ।
    तपशिल
(क) चामल १० के.जि.
(ख) रातो दाल ३ के.जि.
(ग) तेल (सोयाविन) २ लि.
(घ) सावुन २ वटा
(ङ) चिनी १ के.जि.
(च) नुन २ के.जि.

साथै माथि उल्लेखित राहत प्याकेज सम्वन्धित वडा कार्यालय मार्फत देहाय बमोजिमको सङख्यामा वितरण गर्ने निर्णय गरियने ।

(क) वडा नं १ मा ३ जना 
(ख) वडा नं २ मा ९ जना 
(ग) वडा नं ३ मा ५२ जना 
(घ) वडा नं ५ मा २ जना 
जम्मा:– ६६ जना

माथि उल्लेखित ब्यक्तिहरुलाई आजकै मिति देखि राहत उपलब्ध गराउने समेत निर्णय गरियो ।

४. कोभिड १९ कोरोना भाईरस बाट प्रभावित ब्यक्तिहको लागि राहत उद्धार तथा अन्य ब्यवस्थापनको लागि Quick Response Team देहाय बमोजिम गठन गर्ने निर्णय गरियो ।

(क) खरानीटार अस्पताल:–डा. लक्ष्मि बोगटी
(ख) ई.प्र.का. खरानीटार ३ जना
(ग) सम्वन्धित वडाका अध्यक्ष
(घ) स्वास्थ्य संयोजक तादी गाउँपालिका:–विनोद राज खरेल
(ङ) आयुर्वेत तथा बैकल्पिक चिकित्सा शाखा प्रमुख :–विदुर पाण्डे
(च) सूचना अधिकारी तादी गाउँपालिका
(छ) रेडक्रस प्रतिनिधि :– केशव सुवेदी ।

बैठक( मिति २०७६/१२/२७) –
 निर्णयहरु  ः

१. कोभिड १९ को संक्रमण रोमथाम, नियन्त्रण उपचार लगायतको काम प्रभावकारी ढंगबाट संचालन गर्न स्वास्थ्य शाखा कार्यालयमा नै राख्ने निर्णय गरियो ।

२. कोभिड १९ नियन्त्रण गर्न स्थापना भएको कार्यालय कर्मचारीको रुपमा विद्यालय नर्स श्री स्वस्तीका रिजाल लाई राख्ने र रिपोर्टिङको लागि सूचना अधिकारीको रुपमा सूचना प्रविधि अधिकृत श्री पुरुषाेतम वाग्ले लाई जिम्मा दिने निर्णय गरियो ।

बैठक( मिति २०७७/०१/०२) –
 निर्णयहरु  ः

१. कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउन लाई यस गाउँपालिकामा प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन प्रहरी प्रशासन लगायत वडा कार्यालयहरुलाई समेत सक्रियाता अपनाउन अनुरोध गर्ने ।

२. कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्न विपन्न परिवाहरुलाई स्वास्थ्य शाखा र गाउँपालिका मार्फत प्रति परिवार २ वटा साबुन र आवश्यकता हेरी सेनेटाईजर वितरण गर्ने निर्णय गरियो ।

३. लकडाउनको प्रभावले गर्दा नियमित औषधि सेवन गर्नुपर्ने विरामिहरुको लागि आवश्यक औषधिहरु स्थानिय बजारमा प्राप्त नहुने भएकोले  यस गाउँपालिका को स्वास्थ्य शाखाबाट गरिद गरी सम्वन्धित विरामिहरुको लागि उक्त औषधिहरु उपलब्ध गराउने निर्णय गरियो ।

४. यस गाउँपालिकाको वडा नं ३ खरानीटारमा अवस्थित ईलाका प्रहरी कार्यालयमा रहेका एक मात्र सवारी साधन पुरानो अवस्थामा रहेको अत्यावश्यक मर्मत संभार गरी चलाउन समेत भौगोलिक बिकटताको कारण उपयुक्त नभएकोले शान्ति सुरक्षालाई चुस्तदुरुस्त गर्न अर्को उपयुक्त सवारी साधन उपलब्ध गराउन सम्वन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरियो । 

बैठक( मिति २०७७/०१/०९) –
 निर्णयहरु  ः

१. कोभिड १९ सम्वन्धि वडा स्तरिय समन्वय समिति र गाउँपालिका स्तरिय समन्वय समितिले गरेका काम कारवाहि सम्वन्धि छलफल गरी समिक्षा गरियो ।

२. मुलुकका विभिन्न जिल्लाहरुबाट यस गाउँपालिका क्षेत्र भित्र काम गर्न आएका मजदुरहरुलाई आ–आफ्नो गन्तब्यहरुका पु¥याउन आवश्यक सहजिकरण गाउँपालिकाले गर्ने निर्णय गरियो ।

३. यस गाउँपालिका क्षेत्रभित्र संचालनमा रहेका खाद्यान्न पसलहरु लाई  खाद्यसामाग्रिहरुको मुल्य सूची राख्न अनुरोध गर्ने साथै उक्त मुल्य सूची लाई प्रभावकारी गराउन सम्वन्धित वडा कार्यालयहरु लाई पत्राचार गर्ने निर्णय गरियो ।
 

 

 

आर्थिक वर्ष: