FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

योजनाको भुक्तानीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु निम्न छन् :-

१. निवेदन

२.बिल भरपाई

३.वडा सचिब / वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि

४.वडा समितिको सिफारिस

५.योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि

६. अन्तिम प्राविधिक प्रतिबेदन

७.अनुगमन समितिको निर्णय प्रतिलिपि

८. योजना शाखाको टिप्पणी र भुक्तानी आदेश

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजातहरु कागजातहरु निम्न छन् :-

१. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको  निर्णय प्रतिलिपि

२. परिषदबाट बिनियोजित पत्र

३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

४.उपभोक्ता समितिका पदाधिकारीको नागरिताको  फोटोकपी

५.  प्राबिधिक लागत अनुमान (ल.ई.) / कार्यक्रम

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :–

१.जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)

२.आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि

३.आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

४.सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

५.कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस

६.आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि

७.अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि

८.वडाको किटानी सिफारिस

९.दस्तुर गा.पा.को नियमानुसार

१०.माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

 

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

 १. नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गर्ने

 २.सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको) 

३.जन्म दर्ता

४. शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता

५.अस्थायी निस्सा