FAQs Complain Problems

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :–

१.जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)

२.आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि

३.आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

४.सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

५.कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस

६.आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि

७.अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि

८.वडाको किटानी सिफारिस

९.दस्तुर गा.पा.को नियमानुसार

१०.माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ