समाचार
जिल्ला प्रशासन कार्यालय,नुवाकोट र जिल्ला प्रहरी कार्यालय,नुवाकोटको संयुक्त आयोजनामा तथा तादी गाउँपालिकाको समन्वयमा भएको शान्ति सुरक्षा ,अपराध नियन्त्रण,सेवा प्रवाह र विपद व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम ।
आज मिति २०८२।१२।१० गते जिल्ला प्रशासन कार्यालय,नुवाकोट र जिल्ला प्रहरी कार्यालय,नुवाकोटको संयुक्त आयोजनामा तथा तादी गाउँपालिकाको समन्वयमा भएको शान्ति सुरक्षा ,अपराध नियन्त्रण,सेवा प्रवाह र विपद व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मीज्यूको अध्यक्षता, प्रमुख अतिथि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यू,विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीज्यू,सशस्त्र प्रहरी बल नेपाल नं १९ गुल्म नुवाकोटका कार्यालय प्रमुख स.प्र.ना.उ. गंगा के.सीज्यू, तादी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यू, , जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक विनोद ढकाल ज्यू, इलाका प्रहरी कार्यालय खरानीटारका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोक राज पाठक ज्यू,तादी गाउँपालिकाका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिज्यूहरु, ईलाका प्रशासन कार्यालय,सातविसेका प्रमुख श्री शावित्रा भण्डारीज्यू,तादी गाउँपालिका विभिन्न राजनितिक दलका पालिका प्रतिनिधिज्यूहरु,पत्राकार रामहरी न्यौपानेज्यू,तादी गाउँपालिका विभिन्न विषयगत शाखाका कर्मचारीज्यूहरु,स्वास्थ्यकर्मीज्यूहरु तथा स्थानिय अग्रज नागरिक समाजको समेत उल्लेख्य सहभागितामा सम्पन्न भयो ।







