समाचार
तादी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२
आज मिति २०८२।०९।१० गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ तादी गाउँपालिका स्तरिय खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष श्री सोनाम तामाङज्यूको अध्यक्षता,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ श्री तेजिन्द्र गौतमज्यू,वडा अध्यक्ष श्री अश्मिन कुमार पाण्डेज्यू,बरिष्ट विद्यालय निरिक्षक श्री सन्तोष खनालज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,अतिथिहरु तादी गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरु,तादी गाउँपालिका कर्मचारीज्यूहरु,कार्यक्रम उद्घोषक श्री दिपक प्रसाद सिटौलाज्यू,विद्यालयका शिक्षकज्यूहरु,सुरक्षाकर्मीज्यूहरु,समाजसेवी,अग्रज नागरिक समाजका स्थानियि प्रतिनिधिहरु तथा विद्यालयका विद्यार्थी भाईबहिनिहरुको उल्लेख्य सहभागिता र उपस्थितिमा प्रमुख अतिथि श्री सन्तमान तामाङज्यूबाट दिप प्रज्वल र व्यानर बाचन भई समुद्घाटन कार्यक्रम समापन भयो ।तादी गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थी भाईबहिनी विच छात्र/छात्रा तर्फको भविबल,१०० मिटर दौड,२०० मिटर दौड,रिले दौड,ज्याभिलन थ्रो,सटफुट गरि विभिन्न एथलेटिक्स विद्यामा मिति २०८२।०९।१० देखि १२ गते तिन दिन सम्म सञ्चालन हुने यस तादी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्फत बिद्यार्थी खेल जिवन र सिकाइ लाई जिवन्त राख्न , स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गर्न र अनुशासन लगायतका बहुआयामिक गुणहरु विकास गर्न प्रभावकारी रहने अपेक्षा समेत रहेको छ ।





