समाचार
तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ को समापन समारोह
आज मिति २०८२।०९।१२ गते तादी गाउँपालिकाको आयोजनामा भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ को समापन समारोह तादी गाउँपालिकामा गठित खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष श्री सोनाम तामाङज्यूको अध्यक्षता,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको विशेष आतिथ्यता ,प्र.प्र.अ श्री तेजिन्द्र गौतमज्यू,वडा अध्यक्ष श्री अश्मिन कुमार पाण्डेज्यू,बरिष्ट विद्यालय निरिक्षक श्री सन्तोष खनालज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,अतिथिहरु तादी गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरु,तादी गाउँपालिका कर्मचारीज्यूहरु,खेलप्रेमी,कार्यक्रम उद्घोषक श्री दिपक प्रसाद सिटौलाज्यू,विद्यालयका शिक्षकज्यूहरु,सुरक्षाकर्मीज्यूहरु,समाजसेवी,अग्रज नागरिक समाजका स्थानीय प्रतिनिधिहरु तथा विद्यालयका विद्यार्थी भाईबहिनिहरुको उपस्थितिमा सम्पन्न भयो ।मिति २०८२।०९।१० देखी २०८२।०९।१२ गते तिन दिनसम्म तादी गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थी भाईबहिनीका लागि छात्र/छात्रा तर्फको भलिबल,१०० मिटर,२०० मिटर,४०० मि ,८०० मि दौड,१*४०० मिटर रिले दौड,ज्याभलिङ थ्रो,सटपुट,हाइजम्प,लङ्जम्प,त्रिपल जम्प लगायतका खेलहरु प्रतियाेगितामा समावेश गरिएको थियो ।विभिन्न विद्यामा उत्कृष्ट, प्रथम द्धितीय,तृतीय भएका छात्र तथा छात्रा विद्यार्थी भाई-बहिनीहरुलाई पदक वितरण,भलिबल तथा एथलेटिक्स विद्या तर्फ उत्कृष्ट हुने विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो ।सबै विद्यामा सर्वोत्कृष्ट विद्यालय अमर ज्योति माध्यमिक प्राविधिक विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड समेत हस्तान्तरण गरियो । उक्त प्रतियोगितामा सुन्दरा मा वि,तादी-४ ले द्वितीय र सुन्दरादेवी मा वि ले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।यस प्रतियोगितामा सहभागि सम्पूर्ण विद्यार्थी भाई बहिनीहरु तथा विद्यालय परिवारलाई बधाई तथा शुभकामना समेत प्रदान भई भब्य रुपमा सम्पन्न भयो ।





