समाचार
दी गाउँपालिका वडा नं ४ कार्यालय,सुन्दरादेवी,नुवाकोटको आयोजनामा मिति २०८२।१०।०२ देखि २०८२।१०।०४ गते सम्म सञ्चालन रहने यस जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता २०८२को समुद्घाटन समारोह ।
तादी गाउँपालिका वडा नं ४ कार्यालय,सुन्दरादेवी,नुवाकोटको आयोजनामा मिति २०८२।१०।०२ देखि २०८२।१०।०४ गते सम्म सञ्चालन रहने यस जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता २०८२को समुद्घाटन समारोह पुर्व अर्थ मन्त्रि तथा नि. वर्तमान प्रतिनिधि सभा सदस्य श्री डा. प्रकाश शरण महतज्यूको प्रमुख आतिथ्यता ,वडा अध्यक्ष श्री अश्मिन कुमार पाण्डेज्यूको अध्यक्षता,विशेष अतिथिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,लिखु गाँउपालिका अध्यक्ष श्री ध्रुब श्रेष्ठज्यू, तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,पञ्चकन्या गाउँपालिका उपाध्यक्ष श्री विमला केसीज्यू,तादी गाउँपालिकाको नि. बर्तमान अध्यक्ष श्री नारायण प्रसाद पाण्डेज्यू,दुप्चेश्वर गाउँपालिकाका नि. वर्तमान अध्यक्ष श्री योविन्द्र सिंह तामाङज्यू, अतिथिहरु कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,अतिथिहरु विभिन्न राजनितिक दलका प्रतिनिधिज्यूहरु,सुन्दरा मा.विका प्र.अ श्री कपिलेश्वर मण्डलज्यू,विद्यालयका शिक्षकज्यूहरु ,सुरक्षाकर्मीज्यूहरु,समाजसेवी,अग्रज नागरिक समाजका स्थानियि प्रतिनिधिहरु तथा खेल प्रतियोगितामा सहभागि खेलाडिहरु ,विद्यालयका विद्यार्थी भाईबहिनिहरुको उल्लेख्य सहभागिता र उपस्थितिमा आज मिति २०८२।१०।०२ गते प्रमुख अतिथि श्री प्रकाशशरण महतज्यूबाट दिप प्रज्वल भई जिल्ला स्तरिय वडा कप भलिबल कार्यक्रमको समुद्घाटन र यस प्रतियोगिताका खेल रेफ्रिलाई भविलब हस्तान्तरण गरि पहिलो खेल टिम तादी गा पा वडा ४ र पञ्चकन्या गा पा टिम वि विच प्रतिस्पर्धा भई शुभारम्भ समेत भयो ।










