समाचार
"संविधान दिवस,हाम्रो सरोकार, गणतन्त्रको आधार,सवल स्थानिय सरकार" भन्ने मुल नारा सहित आज मिति २०८१।०६।०३ गते तादी गाउँपालिका तथा पञ्चकन्या गाउँपालिकाको संयुक्त आयोजनामा संबिधान दिवस २०८१ सु-अवसरमा विविध कार्यक्रम संञ्चालन भई भब्य रुपमा सु–सम्पन्न ।
"संविधान दिवस,हाम्रो सरोकार, गणतन्त्रको आधार,सवल स्थानिय सरकार" भन्ने मुल नारा सहित आज मिति २०८१।०६।०३ गते तादी गाउँपालिका तथा पञ्चकन्या गाउँपालिकाको संयुक्त आयोजनामा संबिधान दिवस २०८१ सु-अवसरमा संघीय सरकारका पुर्व अर्थमन्त्रि तथा प्रतिनिधि सभा सदस्य माननिय प्रकाशसरण महतज्यूको प्रमुख आथित्यता ,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता तथा विशिष्ट अतिथिहरु संविधान सभा सदस्य श्री राममाया बोगटीज्यू,बागमती प्रदेश सभा सदस्य माननिय श्री रमेश कुमार महतज्यू,ने.क.पा एमाले जिल्ला अध्यक्ष श्री बद्री मैनालिज्यू,राम प्रसाद ढुङ्गानाज्यू, श्री जि.स.स प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरी,अतिथिहरु लिखु गा.पा अध्यक्ष श्री धुब्र श्रेष्ठज्यू,सुर्यगढी गा.पा. अध्यक्ष श्री सन्त बहादुर घलेज्यू,शिवपुरी गा.पा अध्यक्ष श्री गोविन्द थपलिया ज्यू,प्रमुख जिल्ला अधिकारी श्री रामकृष्ण अधिकारीज्यू,पञ्चकन्या गा.पा उपाध्यक्ष श्री विमला पाठकज्यू,तादी गा.पा उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,सुर्यगढी गा.पा उपाध्यक्ष श्री मन्जु वुढाथोकिज्यू,प्र.प्र.अ नन्द लाल शर्माज्यू,विभिन्न पार्टिका जिल्ला तथा पालिका प्रमुख साथै प्रतिनिधिज्यूहरु,तादी तथा पञ्चकन्या गाउँपालिका जनप्रतिनिधि ज्यूहरु ,कर्मचारीज्यूहरु,संघ संस्थाका प्रतिनिधिज्यूहरु,विद्यालय शिक्षक शिक्षिकाज्यूहरु,तादी गाउँपालिकाका विभिन्न पेश व्यवसायमा आवद्ध हुनु भएका दाजुभाई दिदिबहिनीहरु लगायत अग्रज नागरिक समाज,सामाजिक अभियान्ता,पत्रकार,सुरक्षाकर्मीज्यूहरु साथै आमाबुबा ,विद्यार्थी भाईबहिनीहरु को उल्लेख्य सहभागितामा प्रभातफेरी कार्यक्रम, झण्डोतलन तथा झाँकी नाच,पञ्चेबाजा,विभिन्न प्रस्तुति तथा नृत्य कला प्रदर्शन साथै पञ्चकन्या गा.पा अध्यक्ष श्री तेज बहादुर तामाङज्यूबाट कार्यक्रम संञ्चालन भई भब्य रुपमा सु–सम्पन्न गरियो ।