समाचार
साइबर अपराध (Cyber Crime)सम्बन्धी सचेतना कार्यक्रम
आज मिति २०८२।०२।१४ गते " सावधानी अपनाऔं ,साईबर अपराधबाट बचौं "भन्ने मुल नारा सहित तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथिहरु उपाध्यक्ष सन्जु प्याकुरेलज्यू,अमर ज्योति प्राविधिक विद्यालयका प्रधानाध्यापक श्री सुरेन्द्र अधिकारीज्यू,अतिथिहरु इलाका प्रहरी कार्यालयका बरिष्ट सई श्री दीपेन्द्र प्रसाद जैसवालज्यू,स.हल्दार बल बहादुर थापाज्यूको आतिथ्यतामा तथा कायक्रम प्रशिक्षक तादी गाउँपालिका सूचना प्रविधि अधिकृत श्री पुरुषोतम वाग्लेज्यूको उपस्थितिमा साइबर अपराध (Cyber Crime)सम्बन्धी सचेतना कार्यक्रम अमर ज्योति प्राविधिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी भाई बहिनीहरुको सहभागितामा सम्पन्न भयो ।