समाचार
स्थानीय तहको सुशासन अभिबृद्धि,सामाजिक उत्तरदायित्व,पारदर्शिता एवं जवाफदेहिताको लागि आम सरोकारका विषय,गुनासो सनुवाई,सुझाव संकलनको मुल उदेश्यको लागि राखिएको सार्वजनिक सुनुवाई कार्यक्रम
स्थानीय तहको सुशासन अभिबृद्धि,सामाजिक उत्तरदायित्व,पारदर्शिता एवं जवाफदेहिताको लागि आम सरोकारका विषय,गुनासो सनुवाई,सुझाव संकलनको मुल उदेश्यको लागि राखिएको सार्वजनिक सुनुवाई कार्यक्रम आज मिति २०८१।०६।१९ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता साथै उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री नन्दलाल शर्माज्यू,सम्पूर्ण वडाका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिका विभिन्न शाखाका कर्मचारीहरु,नागरिक समाज,विभिन्न राजनितिकदलका प्रतिनिधिहरु,संघ संस्थाका प्रतिनिधिहरु,तादी वासी आमाबुवा दाजुभाई दिदिबहिनीहरुको उल्लेख्य सहभागितामा सहभागीहरुबाट आम रुपमा उठान भएका जनसरोकारका विषय ,आएका सुझावहरु तथा प्रश्नहरु सम्बन्धमा प्रत्यक्ष रुपमा अध्यक्षज्यू,प्रमुख प्रशाकसीय अधिकृतज्यूले जवाफ तथा सवालका विविध विषयका सन्दर्भमा आवश्यक स्पष्टता, प्रतिवद्धता व्यक्त भई हाल सम्म तादी गाउँपालिकाबाट भएका कार्य प्रगति विवरण सार्वजनिकरण भई सम्पन्न गरियो ।