FAQs Complain Problems

आज मिति २०७९।१०।२१ गते पूर्व मन्त्रि तथा संघीय सांसद माननिय हित बहादुर तामाङ ज्यूको प्रमुख आथित्यथा , विषेश अथिति बागमती प्रदेश सभा सांसद रमेश कुमार महतज्यू तथा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभापतित्त्वमा सु–सम्पन्न

"खेल मार्फत विकास अनुशासन र गतिशिलता " भन्ने मुल नारा सहित नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय प्रथम तादी अध्यक्ष कप मिति २०७९।१०।१८ गते देखि शुभारम्भ भई आज मिति २०७९।१०।२१ गते पूर्व मन्त्रि तथा संघीय सांसद माननिय हित बहादुर तामाङ ज्यूको प्रमुख आथित्यथा , विषेश अथिति बागमती प्रदेश सभा सांसद रमेश कुमार महतज्यू तथा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभापतित्त्वमा सु–सम्पन्न भयो साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको समेत समुद्घाटन भई प्रतियोगिता शुभारम्भ गरियो ।

नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न हुने म्यागङ गाउँपालिका खेलाडिहरू,द्धितिय स्थान हासिल गर्ने टिम तादी गाउँपालिका खेलाडिहरू,तृतिय स्थान हासिल गर्न हुने पञ्चकन्या गाउँपलिका खेलाडिहरू लगायत शान्त्वना पुरस्कार हासिल गर्ने दुप्चेश्वर गाउँपालिका खेलाडिहरू तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडिहरुलाई  बधाई   शुभकामना ,मेडल,सिल्ड तथा पुरस्कार राशि प्रदान भई सु–सम्पन्न ।

आर्थिक वर्ष: