समाचार
आवेदन दस्तुर फिर्ता गरिने सम्बन्धि सूचना ।
मितिः२०७७/०५/०८
सूचना! सूचना! सूचना!
विषयः आवेदन दस्तुर फिर्ता गरिने सम्बन्धि सूचना ।
यस तादी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०७६/११/३०मा स्वास्थ्य र आयुर्वेदिक तथा बैकल्पिक चिकित्सा शाखा तर्फको विभिन्न तह तथा पदमा प्राविधिक कर्मचारी करार सेवामा पदपूर्ति गर्ने सम्बन्धि सूचना प्रकाशित भई सोही सम्बन्धमा आवेदन दिनुहुने आवेदकहरुको आवेदन दस्तुर तादी गाउँपालिका,गाउँ कार्यपालिकाको बैठक को निर्णय अनुसार फिर्ता गर्ने निर्णय भए बमोजिम आवेदन दस्तुर फिर्ता गरिने हुदाँ यस सम्बन्धमा सम्पर्क मिति पछि सूचित गरिने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तादी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
खरानिटार,नुवाकोट