FAQs Complain Problems

खरानीटार अस्पतालमा  २०७७ चैत्र ८ र ९  सम्म भएको  दुई दिने निशुल्क  स्वास्थ्य शिविरको आजको  समापन समारोह तादि गाउँपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यूको सभापतित्वमा तथा  नेपाली काङ्ग्रसको युवा नेता रमेश महतज्यूको  प्रमुख आथित्यतामा सम्पन्न ।

तादि गाँउपालिकाको खरानीटार अस्पतालमा  २०७७ चैत्र ८ र ९  सम्म भएको  दुई दिने निशुल्क  स्वास्थ्य शिविरको आजको  समापन समारोह तादि गाउँपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यूको सभापतित्वमा तथा  नेपाली काङ्ग्रसको युवा नेता रमेश महतज्यूको  प्रमुख आथित्यतामा तथा बिशिष्ठ अतिथि जि.स.स. प्रमुख सन्तमान तामाङज्यूको आथित्यतामा सम्पन्न । सिविर रुडेकन ग्रुप नुवाकोटको संयोजन,काठमाण्डौ  मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोग र तादि गाँपालिकाको  आयोजनामा गरिएको हो । यस शिविरमा सहभागि भई २९४७ जनाले स्वास्थ्य परिक्षण सेवा,३४५ जनाले E.C.G. सेवा,Video X-ray ४०० जनाले,ल्याव टेस्ट ५०५,दाँत काे परिक्षण ३४ जना, Minor OT २१,Major OT १ जना तथा आँखा परिक्षण सेवा ४५ जना ले सेवा लिनु भयाे ।
यस तादि गाँउपालिकाको खरानिटार अस्पतालमा काठमाण्डौ मेडिकल कलेजको बरिष्ट चिकित्सकहरुबाट निशुक्ल ईसिजी,भिडियो एक्सरे,ल्याव टेष्ट र सामान्य अपरेसन,स्त्री रोग, सामान्य स्वास्थ जाँच,नाक कान घाटी, आखा,दांत,मुटुरोग,वाल रोग, मानसिक तथा नसा रोग,हाडजेर्नी तथा नसा रोग , छाला तथा यौन रोगको निशुक्ल दुईदिने बृहत् स्वास्थ सिविर संचालन भई स्वास्थ्य  सेवा लिनु भएका सम्पुर्ण आमाबुबा ,दाजुभाई ,दिदिवहिनि हरु  तथा यस व्यवस्थापनमा खटिनु हुने सम्पुर्ण स्वास्थ्यकर्मिहरु ,स्वयम् सेवकहरु र कर्मचारिहरु सबैमा हार्दिक आभार प्रकट गर्दछौं ।
-आयोजक
तादि गाँउपालिका 
-संयोजन
रुडेकन ग्रुप नुवाकोट 
-प्राविधिक सहयोग 
काठमाण्डौ मेडिकल कलेज सिनामंगल काठमांडौ ।

आर्थिक वर्ष: