समाचार
तादी गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिका स्तरिय पूर्ण खोप सुनिश्चितता तथा प्रमाणिकरण कार्यक्रम
आज मिति २०८१।०२।२८ गतेका दिन यस तादी गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिका स्तरिय पूर्ण खोप सुनिश्चितता तथा प्रमाणिकरण कार्यक्रम तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अथितिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृतज्यू श्री नन्द लाल शर्माज्यू,अथितिहरु वडा अध्यक्षज्यूहरु,स्वास्थ्य कार्यालय नुवाकोटको खोप अधिकृत श्री अमृत महर्जनज्यू,स्वास्थ्य संयोजक श्री विनोदराज खरेलज्यू,खरानीटार अस्पताल प्रमुख मेडिकल अधिकृत श्री डा. एरिका कार्कीज्यू,स्वास्थ्य संस्थाका कर्मचारीज्यूहरु,स्वास्थ्य स्वयंसेवीकाज्यूहरुको सहभागितामा यस तादी गाँउपालिकामा विगत लामो समयदेखी महिला स्वास्थ्य स्वयंसेवीका पदमा रहि सेवा दिनु भएको पाँच जना महिला स्वास्थ्य स्वयंसेवीकाज्यूहरुको सम्मानमा कदर पत्र साथ सम्मानजनक विदाई कार्यक्रम समेत भई सम्पन्न भयो।