FAQs Complain Problems

तादी गाउँपालिका परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

मिति २०७७।१०।१५ गते रालुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री शम्भुमान तामाङज्यूको अध्यक्षतामा तथा तादी गाउँपालिकाको अध्यक्ष श्री नारायण प्रसाद पाण्डेज्यूको प्रमुख आथित्यतामा तादी गाउँपालिका वडा नं २ स्थित रालुका माध्यामिक विद्यालयको ६० औं बार्षिक उत्सव तथा हिरक जयन्ति एवं अभिभावक भेला विद्यालय प्राङ्गणमा भव्य रुपमा सम्पन्न भई  हाल तादी गाउँपालिका वडा नं २ निवासी डा. रामकुमार कार्की र गोकर्णकुमार कार्कीज्यूद्धारा संयुक्त रुपमा आफ्ना बुवा स्व. कुलबहादुर कार्की शिक्षा प्रेमी र शिक्षा प्राप्तीको लागि प्रेरणा श्रोत भएको हुदाँ उहाँको नाममा कुलबहादुर कार्की स्मृति जेहेन्दार छात्रबृत्ति पुरस्कार स्थापना गर्ने निर्णय गरि रु २०००००।(अक्षरुपि दुई लाख ) अक्षय कोषको रुपमा बैंकमा मुद्धति खातामा राखी त्यसबाट प्राप्त हुने आम्दानी व्याज रकमबाट प्रत्येक बर्ष उत्कृष्ठ अङ्क ल्याउने १ जना छात्र र १ जना छात्रा लाई पुरस्कृत गर्ने घोषणा भएको हुदाँ उहाँहरु डा. रामकुमार कार्की र गोकर्णकुमार कार्की ज्युलाई उहाँहरुको यस उत्कृष्ट कामको उच्च सम्मान गर्दै उहाँहरु प्रति तादी गाउँपालिका परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।
तादी गाउँपालिका
गाउँ कार्यपालिका कार्यालय
खरानिटार,नुवाकोट

आर्थिक वर्ष: