FAQs Complain Problems

नेपाल सरकारबाट स्वीकृत सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम सहुलियतपूर्ण कर्जाका लागि तादी गाउँपालिका तथा उद्योग वाणिज्य संघले सहजीकरण गर्ने गरी कृषि विकास बैंक, खरानीटार शाखासँग त्रिपक्षीय सम्झौता सम्पन्न

नेपाल सरकारबाट स्वीकृत सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम सहुलियतपूर्ण कर्जाका लागि तादी गाउँपालिका तथा उद्योग वाणिज्य संघले सहजीकरण गर्ने गरी कृषि विकास बैंक, खरानीटार शाखासँग त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । यसबाट यस गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य तथा अन्य क्षेत्रका व्यावसाय प्रबर्धन गर्नका लागि सहयोग पुग्ने तथा गाउँपालीकाको नीति अनुसार व्यवसायि बन्न चाहने वा व्यावसाय संचालन गरिरहेका सबै खाले उद्यमीहरुलाई उक्त कार्यविधि अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरि व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरि उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने अपेक्षा राखिएको छ ।उक्त सम्झौतामा गाउँपालिका तर्फबाट अध्यक्ष श्री नारायण प्रसाद पाण्डेज्यू,नुवाकोट उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष श्री तारा बहादुर कार्कीज्यू र कृषि विकास बैंक खरानिटारका तर्फ प्रबन्धक श्री राजु मिजारज्यूले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको थियो ।

आर्थिक वर्ष: