यहि मिति २०८१।०२।१९ गते तादी गाउँपालिकाको आयोजनामा संञ्चालित स्थानीय संचित कोष ब्यवस्थापन प्रणाली (SUTRA) राजस्व मोडयुल तालिम कार्यक्रम तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता साथै प्र.प्र.अ श्री नन्द लाल शर्माज्यूको विशेष अथित्यतामा ,अथितिहरु लेखा अधिकृत श्री सेवक विक्रम राईज्यू,लेखापाल प्रकाश राईज्यूको उपस्थिति, तादी गाउँपालिकको सम्पुर्ण वडा सचिवज्यूहरु,सहायक कम्प्यूटर अपरेटरज्यूहरुको सहभागितामा महालेखापरिक्षक कार्यालयको सूचना प्रविधि अधिकृत तथा विज्ञ सहजकर्ता नारायण शर्माज्यू,दिलिप सरदारज्यू,नविन चोहानज्यू,सन्देश चौलागाईज्यूहरुबाट प्रशिक्षण भई सम्पन्न ।
आज मिति २०८१।०२।१६ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता ,उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको विशेष आथित्यता साथै स्थानीय सहकारी संस्थाका प्रतिनिधिज्यूहरुको सहभागितामा स्थानीय स्तरका सहकारी संस्थाका व्यवस्थापक तथा पदाधिकारीहरुको लागि ३ दिवशीय कोपोमिस(COPOMIS) तालिम आज देखि शुभारम्भ ।
आज मिति २०८१।०२।१५ गते जिल्ला प्रहरी कार्यालय,नुवाकोटको आयोजना तथा तादी गाउँपालिकाको समन्वयमा अपराध न्युनिकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानिय तह संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम,नागरिक सुनुवाई कार्यक्रम बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्री विष्णु कुमार केसीज्यूको विशिष्ट आथित्यता ,विशेष अथितिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,उपाध्यक्ष श्री सन्जू प्याकुरेलज्यू,जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख श्री शान्तिराज कोईराला ज्यू,प्रहरी उपरिक्षक श्री खड्क बहादुर खत्रीज्यू,तादी गाउँपालिका प्र.प्र.अ श्री नन्द लाल शर्माज्यू, ईलाका प्रहरी कार्याल
तादी गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा आई.पि.भी खोप अभियान २०८१ र विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम आज मिति २०८१।०२।०७ गते तादी गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीज्यूहरु तथा विभिन्न विद्यालयका प्रतिनिधि शिक्षक शिक्षीकाज्यूहरुको सहभागितामा सम्पन्न ।