आज मिति २०८१।०२।०२ गते विद्यालय विद्यार्थी संग सूचना प्रविधि साक्षरता कार्यक्रम अन्तर्गत तादी गाउँपालिकाको वडा नं ४ स्थित सुन्दरादेवी माध्यामिक विद्यालयमा प्रधानाध्यापक श्री राजन पाठकज्यूको अध्यक्षतामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुको सहभागितामा सूचना प्रविधि साक्षरता कार्यक्रम भई सु–सम्पन्न ।विद्यालयमा सूचना प्रविधिको समुचित प्रयोग,विद्यार्थीको शिक्षण सिकाईमा सूचना प्रविधिको महत्त्व तथा ICT Career( पेशा) सम्बन्धमा जानकारी दिईने उदेश्यले राखिएको कार्यक्रम बाट विद्यार्थी भाईबहिनिहरुको पठनपाठनमा सूचना प्रविधिको प्रयोग बारे उल्लेख्य जानकारी हासिल हुने अपेक्षा समेत गरिएको छ ।
आज मिति २०८१।०२।०१ गते तादी गाउँपालिका अध्यक्ष तथा प्रधानमन्त्री रोजगार कार्यक्रम तादी गाउँपालिकाको स्थानिय निर्देशन समितिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री नन्द लाल शर्माज्यू,वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,शाखागत कर्मचारीज्यूहरु साथै अन्य आमन्त्रित सदस्यज्यूहरुको उल्लेख्य उपस्थिति ,सहभागितामा रोजगार संवाद मञ्च गठन सम्बन्धमा बसेको बैठकमा सो सम्बन्धी कार्यविधि लगायत अन्य विविध विषयमा व्यापक छलफल भई सम्पन्न ।
तादी गाउँपालिकाको आयोजनामा आज मिति २०८१।०१।१३ गते जिल्ला अदालत नुवाकोटको माननीय श्रीमान श्री सुभास बाबु पुरीज्यूको प्रमुख आथित्यता, तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यूको अध्यक्षता,विशेष अथिति तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,अथितिहरु खेम कुमारी बस्नेतज्यू,रोसन सुनार ज्यू,तादी गाउँपालिका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यू,वडा सदस्यज्यूहरु,न्यायिक मेलमिलापकर्ताज्यूहरु,शाखागत कर्मचारीज्यूहरु,वडा सचिवज्यूहरुको उल्लेख्य सहभागितामा जिल्ला अदालत संग न्यायिक समितिको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम भई सु–सम्पन्न।
तादी गाउँपालिकाको आयोजनामा यहि मिति २०८०।१२।१४ गते देखि संचालन भएको कफि सम्बन्धी बारिस्ता तालिम आज मिति २०८१।०१।०५ गते तादी गाउँपालिका वडा नं ३ को वडा अध्यक्ष श्री सोनाम तामाङज्यूको सभापतित्वमा,प्रमुख अथिति तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,विशेष अथिति उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू, अथितिहरु अमरज्योति मा.विका प्रधानाध्यापक सुरेन्द्र अधिकारीज्यू,अमरज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सच्चिदान्नद उप्रेतिज्यू,कार्यपालिका सदस्य श्री ईन्जिला सिलवालज्यू,वडा नं ३ का सदस्यज्यूहरु,शिक्षक अभिभावक संघका अध्यक्ष श्री प्रेम ब.