आज मिति २०८२।०२।१३ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता,प्रमुख अतिथि प्र.प्र.अ ध्रुब खनालज्यू,विशेष अतिथि वडा अध्यक्षहरु नकुर दोङ तामाङज्यू, सरोज भण्डारीज्यू,कृषि अधिकृत श्री नविन राना मगरज्यूको आतिथ्यतामा च्याउ खेती सम्बन्धि मिति २०८२।०२।११ देखी २०८२।०२।१३ गते सम्म संञ्चालन भएको ३ दिने तालिम कार्यक्रम स्थानिय कृषकहरुको उल्लेख्य सहभागितामा, सहभागि कृषकहरुलाई प्रमाणपत्र समेत वितरण भई सम्पन्न भयो ।यस कार्यक्रमबाट स्थानीय स्तरमा च्याउ खेतीको प्रवर्द्धन हुने, स्वरोजगारको अभिबृदि भई स्थानिय कृषकहरुको आय आर्जन सहयोग पुग्ने अपेक्षा गरिएको
आज मिति २०८२।०२।११ गते तादी गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा दुई दिवशिय आधारभुत तह तथा माध्यामिक विद्यालयका IT श्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम कार्यक्रम तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री ध्रुब खनालज्यूको अध्यक्षता ,शिक्षा अधिकृत श्री सन्तोष खनालज्यूको प्रमुख आतिथ्यता साथै आजको पहिलो दिनको तालिम कार्यक्रमका सहजकर्ता तादी गाउँपालिकाको सूचना प्रविधि अधिकृत श्री पुरुषोतम वाग्लेज्यू ,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू साथै सामदायिक विद्यालयका शिक्षकज्यूहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सुभारम्भ ।
आज मिति २०८२।०२।०६ गते तादी गाउँपालिका वडा नं ३ स्थित राउचुलि मौरिपालक कृषक समुहका ६५ जना सदस्यहरुलाई तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूबाट १०५ मौरि घार वितरण भई मौरि घार बितरण कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमबाट स्थानीय स्तरमा मौरीपालन व्यवसायको प्रवर्द्धन हुने, स्वरोजगार, आत्मनिर्भरताको अभिबृदि भई स्थानिय कृषकहरुको आय आर्जन सहयोग पुग्नुको साथै जिबिकोपार्जनमा समेत थप सहज हुने अपेक्षा गरिएको छ ।
मिति २०८२।०२।०२ गते यस तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा तादी गाउँपालिकाको वडा नं ३ स्थित खरानिटार अस्पतालको स्तरउन्नती र सवलीकरण विषयमा Nick Simon Institute(NSI) का प्रतिनिधिहरु विच आपसी छलफल तथा अन्तरर्क्रिया भई बैठक सम्पन्न भयो ।यस बैठकमा तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,तादी गाउँपालिका प्र.प्र.अ श्री ध्रुव खनालज्यू, खरानीटार अस्पतालका मेडिकल अधिकृत डा.