"व्यवसायिक र सिर्जनशील प्रशासन: विकास र समृद्धि र सुशासन" भन्ने मुल नारा सहित आज मिति २०७९।०५।२२ गते निजामती सेवा दिवश–२०७९ को सु–अवसरमा सम्पुर्ण कर्मचारीहरुको सहभागितमा गाउँपालिकाको प्रशासकीय भवन परिसरमा सरसफाई गरि सम्पन्न गरियो ।
समाचार
ग्यालरी
आज मिति २०७९।०५।०८ गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा मानवबेचबिखन र ओसारपसारको मुद्धा,विषय र समितिहरु लगायतका विषयमा पालिकाको अवस्था विश्लेषण तथा छलफल कार्यक्रम ,हाम्रो सम्मान प्रोजेक्ट तथा विनरक इन्टरनेसनलको प्राविधिक सहयोग र समन्वयमा तादी गाउँपालिकाका विभिन्न शाखागत कर्मचारीहरु लगायत विभिन्न संस्थाका प्रतिनिधि कर्मचारीहरुको समेत सहभागितामा कार्यक्रम सु–सम्पन्न ।
आज मिति २०७९।०५।०७ गते तादी गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको अध्यक्षतामा ,उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री प्रयास भट्टराई ज्यू, वडा अध्यक्ष श्री नकुर दोङ तामाङ ज्यू,तिलगंगा आखाँ अस्पतालका प्रतिनिधिज्यूहरुज्यू तथा शाखागत कर्मचारीहरुको उपस्थितिमा खरानिटार अस्पतालमा ग्रामिण आखाँ उपचार सेवा संचालन सम्बन्धमा विविध विषयमा छलफल गरि बैठक सु–सम्पन्न ।
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको अध्यक्षतामा तथा उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ अर्जुन आचार्य तथा वडा अध्यक्षहरु श्री नकुर दोङ तामाङ,सिरमान तामाङ,सोनाम तामाङ,असिम कुमार पाण्डेज्यूहरुकाे आथित्यतामा तथा कार्यपालिका सदस्य ज्यूहरु लगायत शाखा प्रमुख ,वडा सचिव र विभिन्न शाखाको कर्मचारीहरुको उल्लेख्य उपस्थितिमा आज मिति २०७९।०३।०४ गते स्थानिय तहको क्षमता विकास योजना तर्जुमा सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम विज्ञ सहजकर्ताहरु दुर्गा निधि शर्मा र बेगेन्द्रराज पौडेलज्यूहरुको उपस्थितिमा सु–सम्पन्न ।
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभापतित्त्वमा आज मिति २०७९।०२।१६ गते अध्यक्ष श्री सन्तमान तामाङज्यूबाट तादी गाउँपालिकाको कार्यपालिका सदस्यज्यूहरुको सपथ ग्रहण कार्यक्रम सु–सम्पन्न ।
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभापतित्त्वमा आज मिति २०७९।०२।०६ गते अध्यक्ष श्री सन्तमान तामाङज्यूबाट तादी गाउँपालिकाको उपाध्यक्ष,सम्पुर्ण वडा अध्यक्ष ज्यूहरु तथा सम्पुर्ण गाउँ सभाका सदस्यज्यूहरुको सपथ ग्रहण कार्यक्रम सु–सम्पन्न ।
आज मिति २०७७।१२।३१ गते तादी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालयमा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण थापा ज्यूलाई स्वागत कार्यक्रम सम्पन्न ।